ad ad

समाज


ओली निवासमा खटिएका सशस्त्र इन्स्पेक्टरको मृत्यु, कारणबारे अनुसन्धान गर्दै प्रहरी

ओली निवासमा खटिएका सशस्त्र इन्स्पेक्टरको मृत्यु, कारणबारे अनुसन्धान गर्दै प्रहरी

फाइल तस्बिर : सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापा


नेपालखबर
असार २२, २०८१ शनिबार ११:४३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति मृत्यु भएको हो। 

‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ’, डीएसपी कार्कीले शनिबार बिहान नेपालखबरसँग भने, ‘मृत्युको एकिन कारण खुलिसकेको छैन, अनुसन्धान हुँदै छ।’

पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ। 

पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .