हेटौंडामा श्रीमान् श्रीमती मृत भेटिएका छन्।
बुधबार (आज) दिउँसो हेटौंडा ५ भैरवरोडमा आफनै घरमा एक दम्पती मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ६२ वर्षीय केशव भण्डारी उनको ५६ वर्षीय श्रीमती अम्बिका भण्डारी मृत भेटिएको हो।
अम्बिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिन्छ भने केशव झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
81
Shares
प्रतिक्रिया