ad ad

समाज


सरकारका प्रवक्ताले नै भने–नेपालको आकाश सुरक्षित छैन (भिडिओ)

सरकारका प्रवक्ताले नै भने–नेपालको आकाश सुरक्षित छैन (भिडिओ)

नेपालखबर
साउन २४, २०८१ बिहिबार १७:५५, काठमाडौँ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको पुष्टि गरेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। ‘हिजो पनि हेलिकप्टर दुर्घटना भयो, र नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा यसले पुष्टि गरेको छ,’ उनले भने।

अहिलेसम्मका सरकार दुर्घटनाबारे जाँचबुझ समिति बनाउनेमा मात्रै सिमित रहेको टिप्पणी गर्दै मन्त्री गुरुङले अहिलेको सरकार समाधान नै निकाल्ने गरि जुटेको दाबी गरे। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।’


निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै उनले यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .