सर्वोच्च अदालत बार एसोसिएसनले पर्याप्त न्यायाधीश नहुँदा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानन्यायाधीश तथा न्याय परिषद्को ध्यानाकर्षण गराएको छ।
सर्वोच्च बारको बुधबार बसेको बैठकले सर्वोच्च अदालतमा हाल रिक्त रहेका पाँचै जना न्यायाधीशहरूको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
साथै मापदण्ड पूरा गरेका अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न पनि सर्वोच्च बारले माग गरेको सचिव श्यामकुमार खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
84
Shares
प्रतिक्रिया