ad ad

समाज


मन्त्रिपरिषद् निर्णयः भक्तपुर अस्पताल गठन आदेश संशोधन, अनुसन्धान परिषद्‌मा रायमाझी

मन्त्रिपरिषद् निर्णयः भक्तपुर अस्पताल गठन आदेश संशोधन, अनुसन्धान परिषद्‌मा रायमाझी

नेपालखबर
असोज ३, २०८१ बिहिबार ९:३६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेश पहिलो संशोधन, २०८१ सम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो।

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए। सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो। पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारीको स्थायी नियुक्तिका लागि अब बाटो खुलेको छ।

साथै, अब नयाँ नियमावली अनुसार नयाँ करार कर्मचारीलाई लोक सेवा  आयोगमार्फत स्थायी हुने बाटोसमेत खुलेको छ ।

कर्मचारीको समस्या समाधान भए पछि अब आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा डा. अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् ।

न्याम्सका संस्थागत समीक्षा बोर्ड (आईआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन्।

एमबीबीएस अल इन्डिया इन्स्टिच्युट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पिएचडी गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .