ad ad

समाज


संविधान दिवसमा अनेरास्ववियूले वाचन गर्‍यो संविधानको धारा ३१

संविधान दिवसमा अनेरास्ववियूले वाचन गर्‍यो संविधानको धारा ३१

नेपालखबर
असोज ३, २०८१ बिहिबार १२:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपालको संविधानको धारा ३१ वाचन गरेर संविधान दिवस मनाएको छ।

बिहीबार बिहान ललितपुरको पाटन संयुक्त क्याम्पसमा आयोजित कार्यक्रममा अनेरास्ववियूले संविधानको धारा ३१ वाचन गरेको हो। 

नेपालको संविधान- २०७२ को धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ। संविधानले शिक्षालाई नागरिकको मौलिक हकको रुपमा समेटेको छ।

अखिलको पाटन सयुंक्त क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले सम्बोधन गरेकी थिइन्। 

त्यसक्रममा उनले नेपालको संविधान- २०७२ नेपाली जनताको दशकौंदेखिको संघर्ष र बलिदानको उपज भएको बताइन्। लामाले संविधान सबैको साझा दस्तावेज भएको चर्चा गर्दै भनिन् ‘संविधानको व्यवहारिक कार्यान्वयनको पक्ष अहिलेको अवस्थामा प्रमुख विषय हो।’

उनले संविधानको धारा ३१ मा मौलिक हकको रुपमा उल्लेख गरिएको शिक्षा सम्बन्धि हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिइन्।  

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपाने र मिलन राई, नेताहरु सुमन कार्की, सन्तोष महर्जन, समीर गौतम, मनिषा अधिकारी, एन्जिस प्रसाइँ र एटम विद्रोहसहितका विद्यार्थी नेताहरु  उपस्थित थिए। कार्यक्रम पाटन क्याम्पस कमिटीका अध्यक्षता मोहन बुढाको अध्यक्षतामा भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .