ad ad

समाज


वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि

वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि

नेपालखबर
असोज ३, २०८१ बिहिबार १२:१९, काठमाडौँ

वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि गरिएको छ। ८४ वर्षको उमेरमा बुधबार निधन भएका उनको पार्थिव शरिरमा नेपाल कम्युनिस्ट पार्टी, दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिस्ट पार्टीको झण्डा ओढाए अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 

शर्माको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरूले दागबत्ती दिएका थिए। 

छोरी रेखा र छोरा अञ्जन दुवैले बुवाको शवलाई काँधमा हालेर खोला किनारसम्म पुर्‍याएका थिए। 

विसं १९९७ साल जेठ १५ गते जन्मिएका उनका चार छोरी र एक छोरा छन्। उनकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ।

राप्ती साहित्य परिषद्, प्रगतिशील लेखक संघ लगायतका संस्थामा लामो योगदान गरेका उनका दाउरेनी (खण्डकाव्य–२०४९), आचार–विचार (बाल लघुकाव्य सङ्ग्रह–२०५८), बुढा जोर सिमलका रुखहरू (कविता सङ्ग्रह–२०६३), केही कृति समीक्षा र विविध (समीक्षा सङ्ग्रह–२०६७), मेरा गाउँ र मेरा भोगाइहरू (संस्मरण सङ्ग्रह–२०७३), छोरीहरू (कविता सङ्ग्रह–२०७५) आदि कृतिहरू प्रकाशित  छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .