बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। काठमाडौँ उपत्यकामा पर्ने खोकना, गौरीघाट, बल्खु, बलम्बु खोलामा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ।
जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।
काठमाडौँका सडक जलाम्य भएका छन्। नदीनालामा पानीको बहाव बढेको छ।
यसैबीच थापाथलीबाट देखिएको बागमतीको उर्लिएको भेल:
816
Shares
प्रतिक्रिया