ad ad

समाज


दिनभर भारी वर्षा, साँझ बल्खुमा यसरी डुबानमा परे सर्वसाधरण (तस्बिरहरू)

दिनभर भारी वर्षा, साँझ बल्खुमा यसरी डुबानमा परे सर्वसाधरण (तस्बिरहरू)

सरोज बैजु
असोज ११, २०८१ शुक्रबार २१:२७, काठमाडौँ

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि कार्यालय र आ–आफ्नो काममा हिँडेकाहरू वर्षाका कारण समस्यामा परेका छन्। 

जल तथा मौसम विज्ञान महाशाखाका अनुसार, शनिबार दिउँसोदेखि केही स्थानमा मौसम सुधार हुने सम्भावना रहे पनि देशका अधिकांश स्थानमा आइतबार बिहानसम्म झरी रोकिने संकेत देखिएको छैन।

बागमती नदीले खतराको तह पार गरिसकेको छ। बागमती नदी किनारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती पानी पसेपछि जलमग्न भएको छ। 

बल्खुस्थित तरकारी बजार पानीले जलमग्न भएको छ। शुक्रबार साँझ तरकारी बजारमा किनमेलका लागि गएका सर्वसाधरणहरू वर्षापछिको डुबानका कारण समस्यामा परेका छन्। 

बल्खु तरकारी बजार क्षेत्रका केही तस्बिरहरूः

'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .