काठमाडौँको मुख्य प्रवेशद्वार नागढुंगामुनि झ्याप्लेखोलामा शुक्रबारदेखि पुरिएका सवारी साधन र यात्रुको खोजी आइतबार पनि गरिँदै छ।
पहिरो पन्छाउने क्रममा अहिलेसम्म कम्तीमा ३ वटा गाडी पूरै पुरिएको अवस्थामा र अन्य केही क्षतिग्रस्त अवस्थामा भेटिएका छन्।
शनिबार यही ठाउँमा एउटा बस र अर्को माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो। आइतबार २१ शव भेटिएका छन्। गोरखाबाट शुक्रबार छुटेर सम्पर्कविहीन भएको भनिएको बस पनि यहीँ पहिरोभित्र भेटिएको छ।
स्थानीयका अनुसार, यस ठाउँमा केही खाजा पसलहरू पनि सञ्चालनमा थिए। पसल सञ्चालकहरूको अवस्था पनि अज्ञात छ।
स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भइरहेको छ। बाटो खुल्न नसकेका कारण राजमार्गमा रोकिएका गाडीको ताँती देखिन्छ।
918
Shares
प्रतिक्रिया