काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडकमा यतिबेला पहिरोले सडक अस्तव्यस्त बनेको छ। वर्षापछि आएको ठूलो पहिरोले झ्याप्लेखोलामा पुरिएका गाडी र त्यसमा सवार यात्रुका शव झिक्ने काम अझै जारी छ।
यात्रुहरू हिँड्दै थानकोटसम्म आइपुग्ने प्रयासमा छन्। दिनभर यो क्षेत्रमा यात्रुहरू आ–आफ्ना झोला बोकेर हिडोमा गाडिँदै भएपनि पाइला चाल्ने प्रयासमा देखिन्थे।
बाटोमै अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन सशस्त्र प्रहरीले साँझदेखि बसको व्यवस्था गरेको छ।
हेर्नुस् नागढुंगा सडकमा देखिएका केही तस्बिरः
804
Shares
प्रतिक्रिया