ad ad

समाज


ह्वात्तै घट्यो पानी पर्ने क्रम, आज राति यी स्थानमा मात्र छ वर्षाको सम्भावना

ह्वात्तै घट्यो पानी पर्ने क्रम, आज राति यी स्थानमा मात्र छ वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असोज १३, २०८१ आइतबार १९:१, काठमाडौँ

हाल देशभर मौसम आंशिकदेखि साधारणतया बदली (कतै थोरै बादल, कतै धेरै बादल) छ। कोसी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार आज राति (भन्नाले भोलि बिहान ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। 

अनि कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। 

सोमबार र मंगलबार कस्तो होला मौसम? 
असोज १४ गते सोमबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातिː कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

असोज १५ गते मंगलबार
दिउँसोː कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातिः कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .