शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ।
गृह मन्त्रालयका सहसचिव एवं ऋषिराम तिवारीका अनुसार अहिलेसम्म देशभरबाट १ सय ७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १ सय ११ जना घाइते भएको विवरण प्राप्त भएको छ।
मन्त्रालयका अनुसार, खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरु परिचालित भई हाल सम्म करिब चार हजार विपद् प्रभावितहरुको उद्धार गरिएको छ।
आइतबार मात्रै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाईते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ।
42
Shares
प्रतिक्रिया