गत बिहीबारदेखि शनिबारसम्म निरन्तर परेको अविरल वर्षाका कारण काठमाडौँबाट निस्किने राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ।
आइतबार दिउँसोदेखि विमानस्थलमा उडान सुचारु हुन थालेसँगै यात्रुको भिड बढ्न थालेको हो। त्यसमाथि सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आगमनले विमानस्थलको ट्राफिक अस्तव्यस्त बन्न पुग्यो।
यसैबीच आन्तरिक र बाह्य उडानको प्रस्थानस्थलमा यात्रुहरूको भिड लागेको छ।
सोमाबार दिउँसो विमानस्थलको अवस्थाः
591
Shares
प्रतिक्रिया