ad ad

समाज


महासेनानी अधिकारीलाई पदबाट हटाउने सैनिक अदालतको फैसला

महासेनानी अधिकारीलाई पदबाट हटाउने सैनिक अदालतको फैसला

नेपालखबर
जेठ १०, २०७७ शनिबार ८:१,

सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा एक महासेनानीलाई पदबाट हटाउन र सो कार्यमा संलग्न अन्यलाई कसुर अनुसारको कारबाही गर्ने फैसला गरेको छ।

सैनिक अदालतले शुक्रबार श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा महासेनानी भुपालमान अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेको हो।

महासेनानी अधिकारीले सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो।

सैनिक अदालतले छानबिन समितिको प्रतिवेदनका आधारमा यही जेठ ६ गते फैसला गरेको र सो फैसला शुक्रबार सम्बन्धितहरुलाई सुनाइएको हो।

अदालतले महासेनानी अधिकारीले गैरकानुनी रुपमा आर्जन गरेको एक करोड ८५ लाख ४० हजार १ सय ८ रुपैया ११ पैसा असुल उपर गर्ने निर्णय समेत गरिरेको छ।

त्यस्तै सोही अभियोगमा सैनिक अदालतले प्रमुख सेनानी देवबहादुर क्षेत्रीलाई दुई वर्ष बढुवा रोक्का गर्ने र ४ लाख ४० हजार असुल उपर गर्ने फैसला गरे्को छ।

 यसैगरी अदालतले हुद्धा ज्ञराज पोखरेललाई सेवाबाट हटाउने र तीन लाख साठी हजार असुल उपर गर्ने, हुद्धा गणेश बहादुर अधिकारीलाई दुई वर्ष तलव वृद्धि रोक्का गर्ने र दश हजार असुल उपर गर्ने, लेखा सह सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई दोषी ठहरिएकाले नसियत दिने फैलसा गरेको छ।

यसैगरुी अदालते सोही मुद्दामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला समेत गरेको छ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेहरुलाई कारबाही गरिएको जनाएको छ।

सेनाले भ्रष्टाचारको अन्त्य गर्ने कडा नीति अख्तियार गर्दै भविष्मा समेत सैनिक अनुशासन र आचरणबिरुद्धको क्रियाकलापमा शुन्य सहनशीलताअपनाउने नीति लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .