ad ad

समाज


पोखराका संक्रमितको सम्पर्कमा ३९ जना

पोखराका संक्रमितको सम्पर्कमा ३९ जना

वाशुदेव मिश्र
जेठ २५, २०७७ आइतबार १०:४०,

पोखरा–८ निवासी तथा काठमाडौंको ह्याम्स अस्पतालमा उपचारत ६९ वर्षीय व्यक्तिको सम्पर्कमा आएका ३९ जनाको पहिचान गरिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भएको खोजपछि प्रत्यक्ष सम्पर्कमा आएका २९ पुरुष र १० महिलाको पहिचान भएको हो। उनीहरु सबैको स्वाब संकलन गरि परीक्षणको तयारी गरिएको छ।

अस्वस्थ भई पोखराको एक अस्पताल पुगेका ती व्यक्तिलाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएकोमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।

प्राध्यापन र वकालतमा संलग्न उनी लामो समयदेखि पोखरामै बस्दै आएका थिए। उनी कसरी संक्रमित भए भन्ने प्रश्नसँगै यतिबेला पोखरा त्रसित बनेको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु प्रदेशका मन्त्री तथा उच्चपदस्थ व्यक्तिकहाँ पनि पुगेको चर्चाले पनि त्रास बढाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .