ad ad

समाज


गण्डकीमा संक्रमितको संख्या ५९३

गण्डकीमा संक्रमितको संख्या ५९३

वाशुदेव मिश्र
असार ८, २०७७ सोमबार १५:२४,

गण्डकीमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार थप ५३ जना संक्रमित भेटिएका छन्।

पछिल्लो तथ्यांक अनुसार तनहुँमा एक महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको छ। स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोखरामा ११ जना, लमजुङमा ५ जना, पर्वतमा १ जना, नवलपुरमा १ जना र पोखरामा १ जना गरि गण्डकीमा ८ जिल्लामा कोरोना देखिएको हो।

कोरोना खासै नदेखिएको लमजुङको बेसिसहरकी २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने पोखरामा संक्रमित हुने ४५ वर्षीय पुरुष छन्।

गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टि भएको हो। संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .