ad ad

समाज


म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, गर्भवतीसहित ३ जनाको उद्धार

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, गर्भवतीसहित ३ जनाको उद्धार

वाशुदेव मिश्र
असार २७, २०७७ शनिबार १०:११,

म्याग्दी पहिरोमा परेकामध्ये ३ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

शुक्रबार गएको पहिरोमा परेकामध्ये मालिका गाउँपालिका–७, का ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी गाउँपालिका–६ का २२ वर्षीया मञ्जिता श्रीपाली र सोही ठाउँका ७ वर्षीय सफल श्रीपालीको घाइते अवस्थामा उद्धार गरिएको हो। तीनै जना बोल्न सक्ने अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।

तीमध्ये २२ वर्षीया मञ्जिता श्रीपाली गर्भवती रहेको र उनको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। मञ्जिता र सफललाई पोखराको मणिपाल अस्पताल रिफर गरिएको छ भने पूर्णबहादुरको बेनी अस्पतालमा उपचार भइरहेको छ।

यता, म्याग्दी पहिरोमा हराएकामध्ये १७ जनाको शव प्राप्त भएको छ। घर नै रित्याउने गरी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा परी ज्यान गुमाउनेहरुमा मालिका गाउँपालिका–७, बिमका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, विष्णु नेपाली, सन्दीप नेपाली रहेका छन्।

यसैगरी धवलागिरी गाउँपालिका–६, मराङबाट सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, सोही ठाउँका रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली,सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसी रहेका छन्।

पहिरोमा परि हराइरहेका १५ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यता, पहिरोको उच्च जोखिममा रहेको म्याग्दीका विभिन्न ठाउँमा रहेका २२० जनालाई सुरक्षित ठाउँमा सारिएको छ। प्रहरीका अनुसार रघुगंगा गाउँपालिका–३, गलेश्वर राहुँघाट खोला नजिकको बस्तीमा रहेका २१ घरधुरीका ८५ परिवारलाई सोही गाउँपालिका–३ मा रहेको गायत्री मन्दिरमा र धवलागिरी गाउँपालिका–६, कल्लेनी जहरे बस्ने ८९ जनाको सोही गाउँपाकिलाको शिवाङ्गमा रहेको हेम माध्यमिक विद्यालयमा ५० जनालाई राखिएको छ भने बाँकीहरु आफन्त कहाँ गएका छन्।

यसैगरी मालिका गाउँपालिका–५ , देवीस्थानका ३ घरधुरीका १३ जना, दरबारचाउटाका ६ घरका ३३ जना गरी ४६ जनालाई जनप्रिय माध्यमिक विद्यालय दरबाङमा स्थान्तरण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .