ad ad

समाज


१५ दिनमा ६ सय शय्याको कोभिड अस्पताल बनाउने ‘बायोमेट्रिक्स’को प्रस्ताव

१५ दिनमा ६ सय शय्याको कोभिड अस्पताल बनाउने ‘बायोमेट्रिक्स’को प्रस्ताव

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ७:२३,

बायोमेट्रिक्स प्रालिले १ सय आईसीयूसहितको ६ सय शय्याको अस्थायी कोभिड अस्पताल बनाउने प्रस्ताव सरकारसमक्ष लगेको छ।

कम्पनीले १५ दिनभित्रै काठमाडौंमा उक्त कोभिड अस्पताल बनाउन सकिने गरी सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अस्पताल निर्माणको प्रस्ताव पठाएको हो।

विश्वमा महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ। विशेषगरी, काठमाडौंमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल आवश्यक रहेकोले निर्माणको प्रस्ताव अघि सारिएको बायोमेट्रिक्सका निर्देशक भीमकान्त भण्डारीले बताए।

अधिकांश अस्पतालहरुले कोभिड–१९ का बिरामी भर्ना गर्नका नमानेका खबरहरु आइरहँदा छुट्टै कोभिड अस्पतालको अवश्यकता रहेको उनले बताए।

काठमाडौं उपत्यकाभित्र ६ सय बेडको अस्थायी अस्पताल निर्माणका लागि लाग्ने जग्गा उपलब्ध गराए आफूहरुले १५ दिनभित्र अस्पताल निर्माण गरिसक्नेगरी प्रस्ताव पेश भएको छ।

‘कुनै पनि निजी अस्पतालहरुलाई अप्ठेरोमा पार्नु हाम्रो उद्देश्य होइन् । कोभिड १९ बिरामी बढ्दै गइरहँदा यसको उचित व्यवस्थापन अहिलेको आवश्यक्त सम्झिँदै यो प्रस्ताव सरकारसमक्ष लगेका हौँ’, भण्डारीले भने। कुनै पनि व्यक्ति उपचार नपाएर ज्यान गुमाउनबाट वञ्चित नहोस् भन्ने सोचका साथ अस्पताल निर्माणको अवधारणा अघि सारिएको कम्पनीले जनाएको छ।

अस्पतालका लागि उपलब्ध गराइने जग्गाको भाडा सरकारलाई तिर्न आफूहरु तयार रहेको भण्डारीले बताए । प्रस्तावमा कीर्तिपुरस्थित त्रिवि क्षेत्र, भृकुटीमण्डप, सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको भवन, खुमलटारको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, चाबहिलको तारागाउँ विकास समिति वा उपत्यकाभित्र अन्य कुनै स्थानमा सय रोपनी जग्गा सरकारले उपलब्ध गराए अस्पताल बनाउन सकिने जनाइएको छ।

निजी अस्पतालसँगको सहकार्यमा उनीहरुले राख्नुपर्ने २० प्रतिशत बिरामीको उपचार पनि आफूहरुले गर्नसक्ने निर्देशक भण्डारीले बताए ।

कोभिडविरुद्ध लड्नका लागि सरकारी र निजी क्षेत्रको पहल आवश्यक भएको भन्दै त्यसका लागि आफूहरुको प्रस्तावमाथि मन्त्रालय सकारात्मक हुने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .