ad ad

समाज


जुम्लामा कैदीबन्दीसहित थप ३९ जनामा कोरोना पुष्टि

जुम्लामा कैदीबन्दीसहित थप ३९ जनामा कोरोना पुष्टि

नेपालखबर
भदौ १७, २०७७ बुधबार ४:१२,

जुम्लामा कोरोना संक्रमण बढ्दै गएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो।

यसबाट संक्रमण समुदायमै फैलिएको आँकलन गर्न थालिएको छ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले जानकारी दिए।

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए।

थपिएका ३९ सहित जुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ पुगेको छ।. धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरुमा संक्रमण देखिएको छ। सदरमुकाम खलङ्गा उच्च जोखिममा परेको रावलले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ र हिमा गाउँपालिकाको आइसोलेसनबाट २१ गरी ३२ जना डिस्चार्ज भएका छन्। जुम्लामा कोरोना निको हुनेको सङ्ख्या १४१ पुगेको छ।

सङ्क्रमितलाई पुनः परीक्षण गरिएन
स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई पुनः परीक्षण नै नगरी घर पठाउने गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेको नौ सङ्क्रमतिलाई पुनः परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो।

चौध दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुनः परीक्षण नै नगरी प्रमाणपत्र हातमा थमाएर घर पठाइएको प्रतिक्रिया दिएका छन्।
चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसीआर परीक्षण गर्नु पर्दैन भनेर निर्देशिका पठाएकाले पुनः परीक्षण नगरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .