ad ad

समाज


श्रीमती हत्याको आरोपमा झापाका एक बृद्ध पक्राउ

श्रीमती हत्याको आरोपमा झापाका एक बृद्ध पक्राउ

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १०:५४,

झापामा श्रीमतीको हत्या गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन्।

गौरादह नगरपालिका १ स्थित ६५ वर्षीया मनमाया भण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनका ६४ वर्षीय पति भीमबहादुर भण्डारीलाई पक्राउ गरेको हो।

असोज १२ गते साढे ४ बजे मनमायाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

पोष्टमार्टम रिपोर्ट र अन्य प्राविधिक अनुसन्धानपछि उनकै पतिको संलग्नता देखिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

Jhapa wife murder crime scene

हत्या भएको समयमा उनका पति पनि घरमै भएको देखिएको प्रहरीले जनाएको छ।

भीमबहादुरलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतबाट ७ दिन म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .