ad ad

समाज


उपत्यकाका २४ चोकमा ट्राफिक लाइट व्यवस्थापन

उपत्यकाका २४ चोकमा ट्राफिक लाइट व्यवस्थापन

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १०:४,

ट्राफिक प्रहरीले त्रिपुरेश्वर चोकमा ट्राफिक लाइट जडान गरेको छ। यो सहित उपत्यकाका २४ स्थानमा ट्राफिक लाइट व्यवस्थापन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

मंंगलबार एक कार्यक्रमकाबीच रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरे। रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो।

सो अवसरमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए।

पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ। एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका लागी स्थानिय निकाय, सडक बिभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भैरहेको महाशाखाले जनाएको छ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडी, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडि) लगायत क्षेत्रका ट्राफिक लाइट सञ्चालनमा पनि ल्याइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .