प्रहरीले विमानस्थल नजिकैबाट करिब एक सय ५० ग्राम सुन र ठुलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भइ हाल काठमाडौं बस्ने ३२ वर्षीय गंगाबहादुर थापा मगर र तेह्रथुम छथर गाउँपालिका–४ घर भएका सोही उमेरका कुमार सेन्चुरी रहेका छन्।
विशेष सूचनाका आधारमा निगरानी गरिरहेको अपराध अनुसन्धान महाशाखाको टोलीले सिनांमगल स्थित गोल्डेन गेट अगाडिबाट थापा मगरको साथबाट नगद ११ लाख ८६ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको हो।
थप अनुसन्धानका क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनको बालाहरु काठमाडौंको कोटेश्वरमा स्काई ज्वलेर्स सञ्चालन गरि बस्ने कुमार सेन्चुरीलाई बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
सो ज्बलेर्सबाट प्रहरीले सुनको बाला ३ थान अन्दाजि (तौल १४९.९५ ग्राम), फेला पारी सेन्चुरीलाईसमेत पक्राउ गरेको छ। उनीहरु दुवै जनालाई आवशयक कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ।
प्रतिक्रिया