ad ad

समाज


टिकटक बनाउन जाँदा बलात्कार, १२ वर्षीया बालिका गर्भवती भएपछि १९ वर्षीय किशोर पक्राउ

टिकटक बनाउन जाँदा बलात्कार, १२ वर्षीया बालिका गर्भवती भएपछि १९ वर्षीय किशोर पक्राउ

नेपालखबर
फागुन १९, २०७७ बुधबार १:१०,

लमजुङकी १२ वर्षीया एक बालिकाको महिनावारी रोकिएपछि नातामा दाजु पर्नेले बलात्कार गरेको खुलेको छ। बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनीहरु नजिकै घर भएका नाताले दाजुबहिनी हुन्। टिकटक बनाउन गएको बेला किशोरले आफूलाई पटक-पटक बलात्कार गरेको बयान बालिकाले दिएकी छन्। बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणका लागि तनहुँ जिल्ला अस्पताल दमौली लगिएको छ।

जिल्ला अस्पताल सुन्दरबजारमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा गर्भ रहेको खुलेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार पक्राउपछि किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

बालिकाको महिनावारी रोकिएपछि आमाले सोधपुछ गर्दा नातामा दाई पर्नेले आफूलाई करणी गरेको जानकारी बालिकाले दिएकी थिइन्। गएको माघमा किशोरले आफूलाई पटक-पटक करणी गरेको बालिकाको भनाई छ।

किशोरलाई जवर्जस्ती करणी अभियोगमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .