ad ad

समाज


देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि, ३ हजार ९९३ संक्रमणमुक्त

देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि, ३ हजार ९९३ संक्रमणमुक्त

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ११:३,

गएको २४ घण्टामा नेपालमा २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१२ हजार ४०६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जस अनुसार ७ हजार ५१२ पीसीआरबाट १ हजार ६९४ र ४ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा परीक्षणको दर घट्दै गएको तथ्यांकले देखाएको छ। अहिले कूल परीक्षण गरिएको मध्ये २२.५ प्रतिशतमा संक्रमण देखिएको छ।

तोकिएका सरकारी स्वास्थ्य संथामा निशुल्क पीसीआर परीक्षण भइरहेको र गाउँ–गाउँमा एन्टिजेन परीक्षण भइरहेकोले आफूलाई कुनै लक्षण देखा परेमा पायक पर्ने स्थानमा गइ परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ।

यस्तै, काठमाडौं उपत्यकामा काठमाडौं ४८३, ललितपुर ११२ र भक्तपुरमा ५४ गरी ६५३ जना संक्रमित फेला परेका छन्।
गएको २४ घण्टामा ३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्।

यसैगरी आज ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

आज देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित छन्।

१ हजार १ सय जना आईसीयूमा उपचाररत रहेकोमा ३७४ जना भेन्टिलेटरमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .