देशभर लगातारजसो वर्षा हुन थालेपछि बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ।
यसैले बाढी पूर्वानुमान महाशाखाले दैनिक चेतावनी जारी गर्न थालेको छ।
यसै क्रममा आज (मंगलबार) बिहान ७ बजे महाशाखाले आजदेखि बिहीबारसम्म कहाँ कहाँ बाढी आउने जोखिम छ भन्ने विषयमा बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ।
बुलेटिनअनुसार अगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिमराप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना छ।
यसैले नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।
हेर्नुहोस्, बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बिहीबारसम्मको बाढी सम्भावनाः
यो पनि:
3
Shares
प्रतिक्रिया