ad ad

समाज


देशैभर मौसम बदली, कस्तो छ वर्षाको सम्भावना?

देशैभर मौसम बदली, कस्तो छ वर्षाको सम्भावना?

नेपालखबर
असोज ८, २०७६ बुधबार १:५१,

अहिले (बुधबार बिहान) देशैभर मौसम बदली भएको र केही सीमित ठाउँहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।

‘यही स्थानमा भनेर तोक्न सकिन्न,’ नेपालखबरसँग उनले भनिन्,‘केही स्थानअन्तर्गत देशको पूर्वदेखि पश्चिमसम्मै जुनसुकै स्थानमा वर्षाको उत्तिकै सम्भावना छ।’

मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

अहिले काठमाडौं उपत्यकामा पनि मौसम बदली छ। आकाश बादलले ढाकेको छ। तर बिहान १०/११ बजे केही बेर मौसम खुल्ने सम्भवाना रहेको मौसमविद् बासीको भनाइ छ।

तर पुनः बदली भई दिउँसो मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको उनले बताइन्। ‘तर आजलाई कतै ठूलो वर्षाको सम्भावना भने देखिन्न,’ मौसमविद् बासीले भनिन्।

गएको रातभर काठमाडौंमा वर्षा भएको छ। अहिले बिहान ६ बजेसम्मको मापनअनुसार बितेको १९ घण्टामा काठमाडौंमा २७.६ मिलिमिटर वर्षा भएको मौसमविद् बासीले जानकारी दिइन्।

दिउँसोभन्दा राति मौसमी गतिविधि केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन्।

‘राति देशभर सामान्य बदली भई मध्य तथा पूर्वका केही साथै पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .