काभ्रेको रोसीस्थित एक घरमा फेला परेको चारवटा सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ।
गएराति रोसी गाउँपालिका-५ नागबेलीका ठाकुरानी तामाङको घरमा अपरिचित समूहले राखेको बम नेपाली सेनाको टालीले शुक्रबार निस्क्रिय पारेको प्रहरीले जनाएको छ।
राति झण्डै २० जनाको समूहमा गएका व्यक्तिले तामाङको बगैँचाको एउटा बुद्धचित्तको रुख पनि काटेका थिए।
उनीहरुले वार्षीक करोडौँ रुपैयाँ आम्दानी दिने बुद्धचित्तको रुख काटेका प्रहरीले जनाएको छ। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
252
Shares
प्रतिक्रिया