दलित भएर गैरदलित केटीसँग प्रेम विवाह गर्न खोजेको भन्दै जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गर्ने २४ जनाविरुद्ध जन्मकैदको फैसला सुनाएपछि न्यायालयप्रति दलित समुदायको विश्वास बढेको छ।
राज्यको पिँधमा रहेका पहुँचविहीन दलितहरू जातीय छुवाछूतका आधारमा भएको नरसंहारविद्धको मुद्दामा मंगलबार रुकुम जिल्ला अदालतले गरेको युगान्तकारी फैसलाले खुसी भएका छन्।
रुकुम हत्याकाण्ड : वडाअध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला
यसै क्रममा जातीय विभेदविरुद्ध बेलाबेला गीति भिडिओ सार्वजनिक गर्ने गायक तथा अभिनेता प्रकाश सपुतले न्याय शक्तिशाली रहेको प्रतिक्रिया दिएका छन्।
धन्य! न्याय शक्तिशाली रहेछ र अझै शक्तिशाली रहेछ यी आमाहरूको प्रेम र आत्मविश्वास’, घटनामा मारिएकाहरूका आमाहरूसँग भेट गरेको तस्बिरसहित सपुतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय नवराज! साथीहरूलाई भनिदिनू– अब आमाहरू न्यायको ढोकामा गएर क्रोधले रुने छैनन्। घरमै ढोका थुनेर प्रेमले रुनेछन्। अब उप्रान्त यसरी आफ्ना सन्तान गुमाएर कुनै आमाहरू रुनपर्ने छैन भन्ने विश्वासमा रुनेछन्। आमा हुन्, रुने नै छन्।’
Shares
प्रतिक्रिया