मनाङको तिलिचो ताललाई हिउँले ढाकेको छ।
ङिस्याङ गाउँपालिका–९ मा अवस्थित ४ हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताललाई हिउँले ढाकेको हो।
त्यस क्षेत्रको तापक्रम शून्य डिग्रीमा झरेपछि तिलिचो तालको पानी जमेर हिउँ बनेको छ। त्यस क्षेत्रमा विगत केही दिनदेखि हिमपात भइरहेको छ।
तालको पानी जमेर हिउँ बनेपनि आन्तरिक तथा वाह्य पर्यटक तालमा पुगेर रमाइरहेको छन्।
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेको तालमध्येको एक हो।
हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङको अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १ दशमलव २ किलोमिटर तथा गहिराई सरदर २०० मिटर छ।
सबै तस्बिर रासस
27
Shares
प्रतिक्रिया