ad ad

समाज


तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखबर
माघ ८, २०८० सोमबार ९:४६, तनहुँ

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। 

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो। 

दुर्घटनामा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। ट्रक चालकको खोजी भइरहेको उनले बताए।

ट्रक दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। उपचारको क्रममा आज बिहान उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .