पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गएराति १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टका अनुसार मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा जिटीको मृत्यु भएको हो।
उनको शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस
111
Shares
प्रतिक्रिया