पटकपटक अवरुद्ध हुँदै आएको बेँसीसहर चामे सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ।
अविरल वर्षाको कारण गएराति बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले ले जनाएको छ।
प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो हटाइए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको जानकारी दिए।
पैसठ्ठी किलोमिटर लामो बेँसीसहर चाँमे सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्।
63
Shares
प्रतिक्रिया