ad ad

समाज


गुजरातमा १४ यात्रुको ज्यान जानेगरी भएको डुंगा दुर्घटनामा ६ जना पक्राउ (भिडिओ)

गुजरातमा १४ यात्रुको ज्यान जानेगरी भएको डुंगा दुर्घटनामा ६ जना पक्राउ (भिडिओ)

डुंगा दुर्घटना अनुसन्धानका क्रममा पक्राउ परेका ६ जना


नेपालखबर
माघ ६, २०८० शनिबार ७:६, काठमाडौँ

भारतको गुजरात राज्यस्थित बडोदराको हरनी तालमा १४ जनाको ज्यान जाने गरी भएको डुंगा दुर्घटनाको अनुसन्धान गरिरहेको गुजरात प्रहरीले शुक्रबार ६ जनालाई पक्राउ गरेको छ।

बडोदराका प्रहरी आयुक्त अनुपम सिंह गहलोतले एएनआईलाई यो जानकारी दिएका हुन्।

उनका अनुसार ‘पक्राउ परेका ६ जनामध्ये तीन जनाले सो तालमा डुंगा व्यवस्थापनको काम गरिरहेका थिए भन बाँकी ३ जना तालको विकास र त्यसमा डुंगा चलाउने कम्पनीसँग आबद्ध छन्।

उनीहरुलाई पक्राउ गर्न अपराध महाशाखा र विशेष अपरेशन ग्रुपको विभिन्न टोलीले धेरै ठाउँमा छापा मारेको पनि उनले बताए।

बडोदरा प्रहरीका अनुसार १८ आरोपितविरुद्ध भारतीय दण्ड संहिताको धारा ३०४, ३०८, ३३७, ३३८ र ११४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

भिडिओ

यस्तो छ घटना

गत बिहीबार डुंगा दुर्घटना हुँदा १२ बालबालिका र दुई महिला शिक्षकसहित १४ जनाको मृत्यु भएको थियो।

१४ जना क्षमताको डुंगामा २६ बालबालिकासहित ३४ जनालाई बस्न लगाइएको र अधिकांशलाई लाइफ ज्याकेट नदिएको आरोप छ।

सन्तुलन गुमाएका कारण डुंगा पल्टिँदा यो दुर्घटना भएको हो।

दुर्घटनापछि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर राहत र उद्धारबारे जानकारी लिएका थिए।

बडोदराका प्रहरी आयुक्त अनुपम सिंह गहलोतका अनुसार प्रहरीले मृत्युको अनुसन्धान गर्न एसआईटी गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .