झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।
हल्दीबारी गाउँपालिका-३ मा रहेको रणकाली सामुदायिक वनका चौकीदार (वन हेरालु)४० वर्षीय धनबहादुर वन शुक्रबार हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनको शव सामुदायिक वन क्षेत्रमै फेला परेको हो। उनलाई हात्तीले लछारपछार गरी कुल्चिएर मारेको प्रहरीले जनाएको छ।
झापामा जंगली हात्तीको आक्रमणबाट वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन्।
207
Shares
प्रतिक्रिया