ad ad

समाज


कपिलवस्तु बस दुर्घटना : मृतकको संख्या १० पुग्यो,  १ जनाको मात्रै सनाखत (गम्भीर घाइतेको नामावलीसहित)

कपिलवस्तु बस दुर्घटना : मृतकको संख्या १० पुग्यो,  १ जनाको मात्रै सनाखत (गम्भीर घाइतेको नामावलीसहित)

नेपालखबर
फागुन ३, २०८० बिहिबार ८:१४, काठमाडौँ

गएराति कपिलबस्तुमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। 

मृतकमध्ये अहिलेसम्म एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

‘अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन्,’ एसपी पौडेलले केही बेरअघि नेपालखबरसँग भने, ‘मृतकमध्ये एकजनाको मात्रै सनाखत भएको छ। बाँकी नौ जानाको सनाखत हुन बाँकी छ।’

दुर्घटनामा ज्यान गुमाउने रौतहटका ४६ वर्षीय नारायण भण्डारीको मात्रै सनाखत भएको उनले बताए। ‘बाँकी नौ मृतकमध्ये ६ जना पुरुष र ३ महिलाको सनाखत हुन बाँकी छ। हामी सनाखतको प्रयास गरिरहेका छौँ।’

दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको पौडेलले बताए। ‘आधारभूत अस्पताल र सञ्जीवनी अस्तालबाट उपचारपछि भर्खरै ६ जना डिस्चार्ज भएका छन्। बाँकी १५ जनाको उपचार चलिरहेको छ,’ एसपी पौडेलले भने।

बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की,  दुर्घटनामा परेकाे बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, साेही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी- २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका- ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्। 

बुटवल रेफर हुने प्राय सबै घाइतेको अवस्था गम्भीर रहेको पौडेलले बताए। 

सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२- ००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलबस्तुको शिवराज नगरपालिका- १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .