ad ad

समाज


२० वर्षीय युवकले वडाध्यक्षलाई कार्यकक्षमै गएर हाने त्रिशूल, आईसीयूमा उपचार हुँदै

२० वर्षीय युवकले वडाध्यक्षलाई कार्यकक्षमै गएर हाने त्रिशूल, आईसीयूमा उपचार हुँदै

नेपालखबर
जेठ ९, २०८१ बुधबार ९:१, काठमाडौँ

दाङमा आफूलाई मन्दिरको पूजारी दाबी गर्ने एक युवकले वडाध्यक्षमाथि त्रिशूल प्रहार गरेका छन्। त्रिशूल प्रहारबाट गम्भीर घाइते भएका वडाध्यलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार स्थानीय २० वर्षीय विजय नेपालीले त्रिशूल प्रहार गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्तासमेत रहेका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए। 

‘त्रिशूल प्रहार गर्ने युवकलाई हामीले पक्राउ गरेका छौँ,’ डीएसपी मल्लले नेपालखबरसँग भने, ‘गम्भीर घाइते वडाध्यक्ष विष्टको आईसीयूमा उपचार भइरहेको छ।’

नेपालीले मंगलबार साँझ कार्यकक्षमै पुगेर वडाध्यक्ष विष्टमाथि त्रिशूल प्रहार गरेका हुन्। 

गम्भीर घाइते भएका विष्टलाई सुरुमा लमही अस्पताल लगिएको थियो। त्यहाँ उपचार नभएपछि राति नै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी मल्लले बताए। 

वडाध्यक्ष विष्टमाथि त्रिशूल प्रहार गर्ने राजपुर–६ खयरभट्टीका २० वर्षीय नेपाली स्थानीय बाबकुटी जंगलमा बस्दै आएका अनुसन्धानका क्रममा खुलेको छ। 

‘केही दिनअघि वडाध्यक्षले उनलाई जंगलमा कुटी बनाएर नबस्न भनेर सम्झाएका रहेछन्,’ डीएसपी मल्लले भने, ‘त्यही निहुँमा उनले वडाध्यक्षलाई आक्रमण गरेको आशंका गरिएको छ।’

उनी लागु पदार्थको दुर्व्यसनी भएको आशंका पनि प्रहरीले गरेको छ। थप अनुसन्धान जारी रहेको डीएसपी मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .