रुपन्देहीमा बालुवा निकाल्दा बनेको खाडलको दहमा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका—६ स्थित तिनाउ नदीबाट बालुवा निकाल्दा बनेको दहमा डुबेर शनिबार स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
साथीहरुसँगै फुटबल खेल्न गएका किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको उनीसँगै गएका थिए।
किशोरको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
45
Shares
प्रतिक्रिया