ad ad

समाज


सर्लाहीमा घर जल्दा एक किशोर गम्भीर घाइते, ७० लाख भन्दा धेरैको क्षति

सर्लाहीमा घर जल्दा एक किशोर गम्भीर घाइते, ७० लाख भन्दा धेरैको क्षति

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर १४, २०८० बिहिबार ११:३, सर्लाही

सर्लाहीको ईश्वरपुरमा आगलागीमा परेर एक युवक गम्भीर घाइते भएका छन्।

ईश्वरपुर नगरपालिका ३ भक्तिपुरमा बुधबार दिउँसो आगलागी हुँदा स्थानीय चन्देश्वर चौधरीको घर जलेर नस्ट भएको हो। 

आगलागीमा परेर चौधरीका १४ वर्षीय छोरा रामकुमार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा लागेको आगो निभाउने क्रममा उनी घाइते भएका हुन्।

घाइते युवकलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि गएराति नै काठमाडौँ ल्याइएको छ। 

आगलागीबाट घरसहित किराना पसल, नगद, सुनचाँदीका गरगहनासमेत जल्दा चौधरी परिवारको ७० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .