धनुषाको लक्ष्मिनियाँमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु घएको छ। घटनामा अर्का एक गम्भीर घाइते भएका छन्।
शुक्रबार बिहान जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा धनुषाकै कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका(१ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
तीव्र गतिको कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
सोही मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका-१२ का सत्रुधन सहनी गम्भीर घाइते छन्।
उनको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
Shares
प्रतिक्रिया