प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएकाे भन्दै धनुषाको हंसपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्।
शुक्रबार बिहान सयौँको संख्यामा रहेका स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार र हवाइ फाइर गरेको छ। प्रहरीको गोली लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्।
प्रहरी हिरासतमा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएकाे भन्दै आज बिहान स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गरेका हुन्।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको बताए।
प्रहरीले प्रहार गरेको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन्। उनी एमालेका स्थानीय कार्यकर्ता हुन्।
51
Shares
प्रतिक्रिया