स्थानीयको प्रदर्शनको कारण सर्लाहीको बरहथवा क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र हवाइ फाइर गरेको छ।
बरहथवा नगरपालिकाले बरहथवा- ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेपछि बरहथवा बजार क्षेत्र तनावग्रस्त बनेको हो।
प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको दाबी आन्दोलनकारीले गरेका छन्।
तर, जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने यसको पुष्टि गरेको छैन।
360
Shares
प्रतिक्रिया