सर्लाहीको हरिवनमा रहेको मनकामना सहकारी संस्थामा आगलागी भएको छ।
हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनाकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो।
अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।
संस्थाको कार्यालय भित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीललाई खबर गरेका हुन्। अहिले ठूलो संख्यामा स्थानीय र प्रहरी आगो निभाउन घटनास्थलमा खटिएका स्थानीय युवा हरि निरौलाले जानकारी दिए।
‘भित्रबाट धुँवा आइरहेको छ। प्रहरी र स्थानीय मिलेर गेटको ताला फुटाउने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘दमकल आएर बाहिर बसेको छ। ताला फुटाउन नसक्दा आगो निभाउन सकिएको छैन।’
507
Shares
प्रतिक्रिया