ad ad

समाज


जिल्ला प्रहरी कार्यालय सिराहा नजिकैबाट दिउँसै लुटियो मनी ट्रान्सफरको साढे १५ लाख

जिल्ला प्रहरी कार्यालय सिराहा नजिकैबाट दिउँसै लुटियो मनी ट्रान्सफरको साढे १५ लाख

नेपालखबर
चैत २५, २०८० आइतबार १२:४६, काठमाडौँ

सिराहामा दिउँसै हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ।

आइतबार बिहान साढे ११ बजे जिल्ला प्रहरी कार्यालय सिराहा नजिकैबाट साढे १५ लाख रुपैयाँ लुटिएको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सन्तोष आचार्यले मनि ट्रान्सफरको रकम लुटिएको पुष्टि गरे।

विष्णुरपुर गाउँपालिका- १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रकम लुटिएको हो। 

‘मनि ट्रान्सफर सञ्चालकले रकम लुटिएको जानकारी गराएका छन्, हामी थप अनुसन्धान गर्दैछौँ,’  केही बेरअघि एसपी आचार्यले नेपालखबरसँग भने, ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्। थप विवरण हामी पछि सार्वजनिक गर्ने छौँ।’

सिराहाकै विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको लागि सदरमुकामबाट लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको हो। 

जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकै लुटेरा समूहले हतियार देखाएर रकम लुटेका हुन्।

भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स.९ प ६३१० नम्बरको मोटरसाइकलमा सवार पुरुषोतम यादवलाई हतियार देखाएर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका हुन्।

उनीहरुले आफ्नो साथबाट नगद साढे १५ लाखसहित २ थान ग्लोवल आईएमई बैंक र ३ थान राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईलसमेत लुटेर लुटेर लगेका यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .