सर्लाहीको हरिवन बजारका तीन ठाउँमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ।
उद्योग वाणिज्य संघ हरिवनको पहलमा हरिवन नगरपालिका- ११ स्थित हरिवन बजार क्षेत्र र हरिवन- ९ स्थित नयाँरोड बजार क्षेत्रमा आधुनिक प्रणालीबाट सार्वजनिक खानेपानीको व्यवस्था गरिएको हो।
यो खानेपानी सुविधाको हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी र उपप्रमुख हरिमाया घलानले बुधबार उद्घाटन गरेका छन्।
दाताहरुबाट आर्थिक सहयोग संकलन गरेर हरिवन बजारका दुई ठाउँ र नयाँरोडको एक ठाउँमा आधुनिक मेसिन जडान गरेर शुद्ध खानेपानी व्यवस्था गरिएको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए।
खानेपानी प्रणाली जडान गर्दा साढे तीन लाख रुपैयाँ खर्च लागेको उनले बताए।
54
Shares
प्रतिक्रिया