काठमाडौं महानगरपालिकाको १३ औँ नगर अधिवेशन आइतबार बसेको छ।
नगर अधिवेशनमा महानगर उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।
यो बजेट चालु आर्थिक वर्षकोभन्दा १३ करोडले बढी हो। महागरले बजेटमा सहरका सबै गल्लीमा सीसीटीभी जडानको योजना ल्याएको छ।
त्यसैगरी साइकल लेनदेखि वृक्षारोपणलाई पनि तीव्र पार्ने गरी बजेट ल्याइएको छ।
महानगरले अब सम्पत्ति र घरबाहल कर पनि किस्ता किस्तामा तिर्ने गरी मिलाएको छ। त्यसैगरी महानगरले सहर सफा गर्ने कुचिकार र नगरप्रहरी थप्न ३० करोड बजेट छुट्याएको छ।
66
Shares
प्रतिक्रिया