ad ad

समाज


बरहथवा नगरपालिकामा आज शोक बिदा

बरहथवा नगरपालिकामा आज शोक बिदा

नेपालखबर
पुस २३, २०८० सोमबार १२:४२, सर्लाही

सर्लाहीको बरहथवा नगरपालिकाले आज शोक बिदा दिएको छ। 

गएको शुक्रबार बरहथवा बजारमा स्थानीयले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बहरथवा ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। 

घटनाको चार दिनपछि आज साहको अन्यष्टि हुँदैछ। 

मेयर कल्पना कटुवालले आज (सोमबार) बिहान एक सूचना जारी गर्दै साहको निधनमा नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत बरहथवा नगरपालिका मातहतमा रहेका कार्यालयमा शोक मनाउनको लागि बिदा गरिएको जनाएकी छन्। 

साहको निधनले मर्माहत बनाएको भन्दै नगरप्रमुख कटुवालले मृतक साहप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .