कैलालीको कैलारीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
कैलारी गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा बा ८१ प ४२९८ र से ५ प ४७७४ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चौधरी बा ८१ प ४२९८ नम्बरको मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक कैलालीकै भजनी नगरपालिका–५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाइकको पछाडि सवार २८ वर्षीय राजेश डगौरा गम्भीर घाइते भएका छन्।
उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया