ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई अछामको चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
चौरपाटी गाउँपालिका–१ सिउडीका शाहको परिवारलाई गाउँ कार्यपालिकाको बैठकले डेढलाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै, गाउँपालिकाले बिहीबार शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बिहीबार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा छ।
गएको शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मत्यु भएको थियो।
42
Shares
प्रतिक्रिया