कैलालीमा एउटै कोठामा दिदी बहिनीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका-१० ठेबारमा सहोदर दिदीबहिनी मृत फेला परेका हुन्।
२७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्राको शव एउटै कोठामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2.1k
Shares
प्रतिक्रिया